काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ। जेन-जी आन्दोलनका क्रममा दमन गरेको आरोप लागेपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो। परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी रमेश थापालाई पठाइएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं परिसर…