काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी उनले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् । पदबहाली भए लगत्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारको तर्फबाट प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेकी छन् । सिंहदरबारमा…