खोटाङ । जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका-७ खोटाङबजारको सडक ढलानको काम छ महिनादेखि अलपत्र परेको छ । धुलिखेल निर्माण सेवाले विसं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी विसं २०७७ असार ३० गते खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लिएको थियो । निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिच (कालोपत्र)को काम रोकेर अलपत्र पारेको गाउँपालिका…