काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले राष्ट्रिय टोलीमा फर्काइएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा क्यान र सन्दीप विरुद्ध प्रदर्शन भएको छ । लामिछानेलाई क्यानले नियमित अभ्यासमा बोलाएपछि युवाहरुले क्यान विरुद्ध प्रदर्शन गरेका हुन् । क्यानले सन्दीपलाई आईसीसी लिग डिभिजन टुअन्तर्गत नेपालमा हुन लागेको नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि बन्द क्याम्पमा समावेश गरेको…