१९ चैत्र २०७९, आइतबार | April 2, 2023

कांग्रेससहित प्रतिपक्ष दलको बैठक सिंहदरबारमा बस्दै



काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको चयनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बैठक ११ बजेका लागि बोलाएको छ ।

शनिबार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरुको बैठक आब्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

नेकपा एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहिवार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराईसकेको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसहमत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसवारेमा निर्णय लिईसकेका छैनन ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ७ : ०५ बजे

काठमाडौं प्रवेश गर्ने २ सडक केहीदिनका लागि बन्द

हेटौडा । मकवानपुर सदरमुकामा हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने

नेपालकी ‘लेडी ड्र्यागन’सँग पुरुष रेस्लर समेत डराउँछन्

काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै

रुसले पायो सुरक्षा परिषदको अध्यक्षता, युक्रेनको आपत्ति

काठमाडौं ।  रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता

‘माल पाएर चाल नपाएको’ बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण संचालन नहुँदै सामान चोरिन थाले

बुटवल । राजधानी सारिएपछि शुन्यता छाएको बुटवलको गहनाकारुपमा रहेको अन्तराष्ट्रिय

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएको छ