२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

संखुवासभामा बेलीबृज भाँचिँदा ट्रक अरुण नदी किनारमा खस्यो, चालक घाइते

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ नुमबाट मकालु-२ सेदुवातर्फ जाँदै गरेको ट्रक अरुण नदी किनारमा खस्दा चालक घाइते भएका छन् । अरुण नदी पार गर्ने क्रममा रहेको बेलीबृज अचानक भाँचिएपछि ट्रक नदी किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकको खुट्टा भाँचिनुका साथै टाउकोमा चोट लागेको बताइएको छ । घाइते चालकको उद्धार गरी उपचारका लागि नजिकको…