३ माघ २०८२, शनिबार | January 17, 2026

महानिर्देशकको कार्यालयमै पुगेर बुटवलका मेयरले गरे सडक विभागप्रति खेद व्यक्त

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका सडक निर्माणलाई तीब्रता दिन सडक विभागको पुनः ध्यानाकर्षण गराएका छन् । नगरप्रमुख पाण्डेयले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग विभागको काठमाडौंस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराए । पटक पटक सहजीकरण र समन्वय गर्दापनि सडक निर्माणमा तीब्रता नदेखिएकाले बुटवलबासीको तर्फबाट…