काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय कुनै मौसमी प्रणाली छैन । यद्यपि देशभर चिसो बढिरहेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली रहनेछ । यस्तै, तराईका भू-भागमध्ये केही ठाउँमा हुस्सु कुहिरो लाग्ने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको…