७ आश्विन २०८३, बुधबार | September 23, 2026

दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे उच्चस्तरीय छलफल



काठमाडौं । दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उच्च सरकारी अधिकारीबीच छलफल भएको छ ।

पर्यटनमन्त्री सुदन किरातीले बोलाएको बैठकमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सहभागी थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नयाँ विमानस्थललाई नियमित सञ्चालनको वातावरण बनाउन सबै अङ्गको महत्वपूर्ण भूमिका रहेकाले प्रभावकारी विकल्पका बारेमा छलफल भएको छ ।

व्यावसायिक रुपमा सञ्चालनमा आएका दुवै विमानस्थलले राम्रो विजनेस पाएका छैनन् । गौतमबुद्ध विमानस्थलमा हाल नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।

“नयाँ अन्तर्राष्ट्रिय विमानस्थल कसरी र कुन ढाँचाबाट सञ्चालन गर्ने भन्नेबारे गम्भीर छलफल भयो, कुनै निष्कर्ष निक्लिएको छैन, विमानस्थलको सञ्चालन व्यवस्थापन गर्नु राज्यको दायित्व हो त्यसैले सबै निकायको सक्रियता जरुरी हुन्छ”, प्राधिकरणका सूचना अधिकारी भूलले भने ।

उनले नयाँ विमानस्थल सञ्चालन गर्न श्रम, पर्यटन, परराष्ट्रसहितका निकायले गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल भएको बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११