काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन् । प्रधानमन्त्रीबाट आज बालुवाटारमा आह्वान भएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका निकायहरू निर्वाचनका लागि तयार रहेको जनाइन् । उनले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने…