काठमाडौं । ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको उत्कृष्ट अर्धशतकपछि काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेका काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनायो । काठमाण्डूका ओपनर बेनले ५५ बलमा पाँच चौका र दुई…