बागलुङ । बागलुङ नगरपालिका–१२ स्थित भैरवस्थान मन्दिरको विकास गुरुयोजना अलपत्र परेको छ । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न २०७१ सालमा उक्त गुरुयोजना तयार पारिएको थियो । झण्डै रु १७ करोडको गुरुयोजना आठ वर्ष बित्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । तत्कालीन मन्दिर व्यवस्थापन समितिले रु दुई लाख खर्चेर गुरुयोजना बनाएको थियो । गुरुयोजनामा मन्दिर…