काठमाडौं । नेपाल सरकारको लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी जि(फिलोस कम्पनी लिमिटेड) बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनासम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन (डीएफएसआर) प्रतिवेदन तयारीका लागि समझदारीपत्र (MoU)मा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्रस्तावक कम्पनीका प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरेका…