७ आश्विन २०८३, बुधबार | September 23, 2026

चीनको सैन्य परेडमा एकसाथ देखिँदै ओली, किम र पुटिन



काठमाडौं । जापानी आक्रमणविरुद्धको सफलताको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले पहिलो पटक भव्य सैन्य परेडमार्फत् आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । आगामी भदौ १८ मा बेइजिङमा हुने सो समारोहमा चीनले आफ्ना आधुनिक हतियारहरू विश्वसामु प्रस्तुत गर्नेछ ।

बीबीसीका अनुसार परेडमा सयौँ युद्ध विमान, ट्याङ्क, एन्टी-ड्रोन प्रणालीलगायत अत्याधुनिक सैन्य उपकरण प्रदर्शन गरिनेछ । चीनले यसअघि कहिल्यै अन्तर्राष्ट्रिय नेताहरूको उपस्थितिमा यस किसिमको शक्ति प्रदर्शन गरेको थिएन ।

समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । ओली साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन-२०२५ मा सहभागी हुन भदौ १६ गते चीनको तिआन्जिन प्रस्थान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली एससीओ सम्मेलनलाई सम्बोधन गर्नुका साथै जापानी आक्रमणविरुद्धको चिनियाँ विजय र विश्वव्यापी फासीवादविरोधी युद्धको ८०औँ वार्षिकोत्सवमा पनि सहभागी हुनेछन् ।

उक्त परेडमा उत्तर कोरियाली नेता किम जोङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ देशका शीर्ष नेताहरू उपस्थित हुने तय भएको छ । प्योङयाङस्थित कोरियन सेन्ट्रल न्युज एजेन्सीले किम जोङ उनलाई ‘कमरेड सी जिनपिङको निमन्त्रणामा’ औपचारिक अतिथि हुने घोषणा गरेको छ ।

सन् १९३० र ४० को दशकमा जापानको शाही सरकारसँगको लामो युद्धका क्रममा लाखौँ चिनियाँ नागरिकले ज्यान गुमाएका थिए । सन् १९३९ मा जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेपछि र १९४१ मा जापानले अमेरिकाको पर्ल हार्बरमा हमला गरेपछि द्वन्द्व विश्वव्यापी रूपमा फैलिएको थियो । त्यसयता चीनले युद्धकालीन प्रतिरोधलाई स्मरण गर्दै शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै आएको छ । चिनियाँ नेतृत्वले यस अवसरमा फेरि कहिल्यै बाह्य शक्तिको अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  २ : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई