पोखरा । पोखरामा चरा ठोक्किएपछि ग्राउन्डेड गरिएको बुद्ध एयरको विमान प्राविधिक परीक्षण सम्पन्न गरेपछि सुरक्षित रूपमा काठमाडौं फिर्ता भएको छ । शुक्रबार (कात्तिक २९) बिहान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न तयार फ्लाइट नम्बर ६०४ को विमान टेक–अफको क्रममा चिलसँग ठोक्किएको थियो । विमान उड्न लागेका बखत अगाडि भागमा चिल ठोक्किएपछि सुरक्षाका कारण…