काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् । काठमाडौंमा आज आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको भनाइ छ ।…