७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पूर्वराजा ज्ञानेन्द्रको जुम्ला पछि धनगढीको कार्यक्रम पनि स्थगित



नेपालगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहको सुदुरपश्चिमको धनगढीको अभिनन्नदन कार्यक्रम स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो घोषित नेपालबन्दको कार्यक्रम फिर्ता लिएपनि पूर्व राजा शाहले आफ्नो पूर्व घोषित धनगढीमा अभिनन्दन थाप्न जाने कार्यक्रम स्थगित गरेका छन् । उन्मुक्तिको बन्दको घोषणासंगै शाहको धनगढी यात्रा स्थगित भएको हो ।

धनगढीमा राजाबादीहरुले गर्न थालेको अभिनन्दन थाप्न पूर्वराजा आज धनगढी जाने कार्यक्रम थियो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ।

मूल समारोह समितिका संयोजक जयन्त चन्दले सुरक्षाको कारण पूर्व राजपरिवारको सुदूरपश्चिम आउने कार्यक्रम स्थगित भएको जानकारी दिए। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। केहीदिन अघि मौसमको कारण देखाउँदै शाहले जुम्ला जाने कार्यक्रम पनि स्थगित गरेका थिए ।

पूर्वराजा बैशाख १५ गतेदेखि नेपालगन्जलाई मुकाम बनाउँदै आफ्ना समर्थकहरुलाई संघीय गणतन्त्रका विरुद्ध उकास्ने देखि लखनउ पुगेर नेपालमा हिन्दु राष्ट्र फर्काउन उत्तरप्रदेशका मुख्यमन्त्रीसँग याचना गरिरहेका छन् । नेपालगन्ज बसाईकै क्रममा उनले उत्तर प्रदेशको राजधानी लखनउ पुगेर त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । १० दिने भारत भ्रमण सकेर शाह बिहिबार मात्र नेपालगन्ज फर्किएका थिए ।

शाहलाई बाँकेमा सांसद डा. धवल शम्सेर राणाको अगुवाईमा गत बैशाख २० गते नेपालगन्जमा अभिनन्दन गरिएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १ : ५५ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट