काठमाडौं । आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध ४९ रनको सहज जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउन उतरेको चितवन १७.१ ओभरमै १२० रनमा अलआउट भयो । योसँगै सुदूरपश्चिमले छ खेलमै १२…