हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाले चालु आर्थिक वर्षमा ४३ लाख १४ हजार छ सय रुपैयाँ बराबरको स्थानीयले उत्पादन गरेको सिमी खरिद गरेको छ । कार्यालयका लेखापाल कैलाश ऐडीका अनुसार २३ हजार ९७० किलो सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाइएको हो । त्यसैगरी सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिएपछि…