काठमाडौं । पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा भेटवार्ता गरेको छ । काठमाडौंमा मङ्लबार सम्पन्न भएको हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आएको पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलले सभामुखसँग शिष्टाचार भेटवार्ता गरेको हो । पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी…