बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रका लागि लडेका दलहरुले नै पुनः गणतन्त्रलाई धरापमा पार्ने खेलमा लागे आरोप लगाएका छन् । मसाल निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ, नेपालको शुक्रबारदेखि बुटवलमा सुरु प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका दलहरुले नै पुनः गणतन्त्रलाई धरापमा पार्ने गरि खेल खेल्ने गरेको…