३० कार्तिक २०८३, सोमबार | November 16, 2026

प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा अस्पतालमा आइसियूको उद्घाटन



गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष ९आइसियू०को आज उद्घाटन गरेका छन ।

अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले उद्घाटन गरेका हुन । प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो यहाँ आइपुगेका थिए ।

स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालको स्तरोन्नतीका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “प्रधानमन्त्रीको हैसियतले मैले यसै पनि सहयोग गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अझ म यस क्षेत्रको जनप्रतिनिधि पनि भएकाले अझैँ बढी मेरो जिम्मेवारी छ ।”

सोही अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्पतालको स्वर्ण जयन्ती स्तम्भ अनावरण, स्मारिका विमोचन, अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अस्पतालका पूर्वकर्मचारीलाई सम्मानसमेत गरे । सो अस्पतालको २०२९ साल चैत २४ गते स्थापना भएको हो । जिल्लामा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल विसं २०६९ देखि ५० शय्यामा स्तरोन्नती भएर सेवा सञ्चालन गर्दै आएको छ । अस्प्तालमा आइसियू नहुँदा आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ०१ बजे

Your email address will not be published.

विश्वका १०५ गभर्नरको रिपोर्ट कार्ड सार्वजनिक, नेपालका गभर्नर विश्वनाथ पौडेलले पाए ‘बी’ ग्रेड

काठमाडौ । विश्वका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय

प्रस्तावित यौनहिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौनहिंसासम्बन्धी तयार

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार

बझाङमा अटो दुर्घटना : चार जनाको मृत्यु, एक बालक सकुशल

काठमाडौं । बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा अटो दुर्घटना हुँदा