३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी । म्याग्दीको रघुगंगा गाँउपालिका-२ बैसरी कुलौटामा लेदो माटो खस्दा बेनी-जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ । आज बिहान ३ बजे अचानक माटो खस्दा सडक अवरुद्ध भएको हो । अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।