काठमार्डां । आज नवरात्रको छैठौँ दिन, आज नवदुर्गा मध्येकी कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपाको आराधना गर्ने परम्परा अनुरूप आज परेको आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिने गरिएको हो। देवीपुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिइन् । महिषासुर नामक दैत्यको विनाशका…