बुटवल । बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार व्यवसाय खस्किँदै गएको छ । बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपीचोक, राममन्दिर लाइन (रामपथ), सङ्गमपथ, जेसिसचोक, हाटबजार लाइनलगायतका बजार क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने स्थानको अभाव छ । यसका कारण सो क्षेत्रमा बजार गर्न आउनेको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको अमरपथस्थित खनाल साडीका सञ्चालक करुण खनालले बताए…