चितवन । नारायणी नदीमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्षअगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । शुक्रबार नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने समूहले भेलौजी भन्ने स्थानमा डल्फिन फेला पारेको हो । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ ।…