ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ स्थित दुधकोसी करिडोर सडक खण्डमा गएको सुख्खा पहिरोले दूधकोसी थुनिएर बस्ती नै जोखिममा परेको छ । उँबुको चुने भन्ने ठाउँ नजिकै २० दिन पहिले सुख्खा पहिरो जान सुरु भएको हो । दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको स्थानीयले बताए । उक्त पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर…