४ बैशाख २०८१, मंगलबार | April 16, 2024

मौसम जानकारी : आजबाट वर्षा सुरु हुने, तीनवटा प्रदेशमा हिमपातको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

चारवटा प्रदेशका पहाडी भू-भाग वर्षाको सम्भावना रहेको र तीनवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ ।

नेपाल पश्चिमी भू-भागमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ७ : ४४ बजे

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता