चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटको अगाडिको भागमा आगलागी भएको थियो । आगो दिउँसो साढे १ बजे…