८ बैशाख २०८१, शनिबार | April 20, 2024

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको नवनिर्वाचित कार्यसमितबाट पदभार ग्रहण



बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको ८ औ अधिबेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरुले आजबाट पदभार ग्रहण गरेका छन् । एशोसियशनका नव निर्वाचित अध्यक्ष हिमाल गैरे सहित उनको निर्वाचित टिमले आजबाट सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्षलाई निर्वाचन आयुक्त पत्रकार खिमानन्द भट्टराईले सपथ ग्रहण गराउँदै पदस्थापन गराएका थिए भने निर्वाचित पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष गैरेले सपथ खुवाउँदै पदस्थापन गराएका थिए । कार्यक्रममा निवर्तमान बनेका प्रेम न्यौपानेले नव निर्वाचित अध्यक्ष गैरेलाई आफु बसेको सिटमा आसन ग्रहण गराउँदै एशोसियशनको अध्यक्षको पिन लगाइदिएका थिए ।

गत पुस १४ गते सम्पन्न साधारणसभाले गैरेको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्षमा रजनीश राज आचार्य, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल, महासचिवमा हरिराम कसौधन निर्वाचित गरेको थियो ।

त्यस्तै सस्थाको कोषाध्यक्षमा विशाल गैरे, सचिवमा डासिराम अधिकारी, सहकोषाध्यक्षमा लोकप्रसाद भुसाल, सहसचिवमा घनश्यामप्रसाद कान्दु निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा दुर्गाप्रसाद चापागाई, भतरजङ्ग कुवँर, सुखराम बर्मा सोनार, प्रदिपकुमार कानोडिया, विजयकुमार जयसवाल, नारायणबहादुर विष्ट, सुनिल थापा, दिनेशकुमार कसौधन, मोहम्मद अस्लाम खान निर्वाचित भएका थिए ।

एशोसियशनको जिल्ला प्रतिनीधि सदस्यमा रुपन्देहीबाट अभिषेक भारी, नवलपरासीबाट राजेशकुमार गुप्ता, कपिलबस्तुबाट ढुण्डिराज अधिकारी, अर्घाखाँची–गुल्मीबाट कृष्णप्रसाद भुसाल, पाल्पा–स्याङ्जाबाट ज्ञानप्रसाद भट्टराई सहित लेखा समितिको संयोजक बृजेन्द्रकुमार कसौधन तथा सदस्यहरुमा नवराज भट्टराई र विष्णुप्रसाद यादवलाई पद तथा गोपनियताको सपथ गराएर पदभार हस्तान्तरण गरिएको निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ३४ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका