गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा रहेको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई दिएको छ । गोरखा नगरपालिका(७ नयाँबजारमा रहेको सिटीहल मतदानस्थलमा रहेका दुईमध्य मतदान केन्द्र ‘क’लाई ‘मोडलबुथ’का रूपमा सञ्चालन गर्न मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी, स्वयंसेवक महिला मात्र खटाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७०० मतदाता रहेको…