काठमाडौँ । निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले वैशाख ३० गतेको आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ सफल बनाउन सरकारी सञ्चार माध्यमको प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन दिएका छन् । सरकारी सञ्चार माध्यमका प्रमुख तथा सम्पादकहरूसँग आइतबार आयोगमा छलफल गर्नुहुँदै उनले सो निर्देशन दिएका हुन् । मतदानको दिन आउन अब केही दिन मात्र बाँकी रहेका बेला…