७ पुस २०८२, सोमबार | December 23, 2025

कोरोनाका ९६८ नयाँ संक्रमित थपिए, १११४ संक्रमणमुक्त

काठमाडौं । नेपालमा आज कोरोना भाइरसका ९६८ जना नयाँ संक्रमित थपिएका छन् । १६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा एक हजार भन्दा कम व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ११४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत रहेका छ…