काठमाडौं । नेपाल लगायतका मुलुकमा लोकप्रिय मानिएको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकै पटक डाउन भएको छ । सोमबार साँझ एक्कासी फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चल्न छाडेपछि प्रयोगकर्ताहरूले ट्वीटरमार्फत गुनासो ब्यक्त गरेका छन् । सोमबार राति करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।…