७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलका पहिरो प्रभावितलाई राहत प्याकेज र उचित व्यवस्थापन गर्न माग गर्दै कांग्रेसले बुझायो मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र

बुटवल । नेपाली कांग्रेसले बुटवलको ज्योतीनगर लक्ष्मीनगर क्षेत्रका पहिरो प्रभावितहरुलाई राहत प्याकेज ल्याउन तथा अल्पकालिन र दीर्घकालिन व्यवस्थापनको माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार नेपाली कांंग्रेस बुटवल नगर समितिको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेको टोलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटेर पहिरो प्रभावितलाई राहत तथा उनीहरुलाई तत्काल व्यबस्थापन गर्न माग गरेको हो…