१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

पृथ्वी राजमार्ग मर्मतमा करोडौँ खर्च, सडकको अवस्था उस्तै



तनहुँ । आर्थिक वर्ष सकिए पनि साउन पहिलो साता पृथ्वी राजमार्गको खैरेनीटार खण्डमा कालोपत्रे सडकलाई कालोपत्रेले टाल्न हतारो थियो । निर्माणमा खटिएका मजदुरले पानी पर्दा काम रोक्ने, घाम लागेपछि सुरु गर्थे ।

एकातिर कालोपत्रेमाथि कालोपत्रे भइरहँदा त्यही राजमार्गको गाछेपानी-कोत्रे खण्डमा राजमार्गमै एम्बुलेन्स फस्ने दूरवस्था थियो । चौतर्फी आलोचना भएपछि सडक डिभिजन कार्यालय दमौलीले सडकमा भएका खाल्डाखुल्डी स्थानीय सामाग्रीले पुर्‍यो ।

कालोपत्रेमाथि कालोपत्रे गरिएको सडक र माटोले खाल्डा पुरिएको सडकको अवस्था अहिले एउटै छ । मर्मतको दुई महिना नबित्दै सडकभरि खाल्डैखाल्डा बनेका छन् । पृथ्वी राजमार्गको कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा सानाठूला खाल्डा धेरै छन् ।

कोत्रेदेखी गाछेपानीसम्म त खाल्डा मात्र नभएर सडकमा कालोपत्रे देख्नै मुस्किल हुन्छ । खाल्डासँगै बर्खायाममा ठाउँठाउँमा पहिरो झरेर अझ जोखिम बढाएको सवारी चालक बताउँछन् । कन्तबिजोग अवस्थाको सडकमा दैनिक हजारौँ सवारी चालक र यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका स्थानीयको भनाइ छ ।

देशकै प्रमुख राजमार्गको अवस्था ग्रामीण सडकको भन्दा खत्तम रहेको ट्याक्सी चालक अमित श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘बिरामी लिएर पोखराका हस्पिटल पुग्न अप्ठ्यारो छ । भनेको बेलामा पुग्न सकिँदैन, खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई सास्ती ।’ उनका अनुसार वर्षात भए खाल्डामा पानी जमेर पोखरी जस्तै बन्छ, घाम लागेपछि बाटो नदेखिने गरेर बुङ्बुङ्ती धुलो उड्छ ।

सरकारको लाचारीपनले पृथ्वी राजमार्गको अवस्था कहिल्यै सुधार नभएको उनको भनाइ छ । ‘सडक भत्किनेबित्तिकै बन्दैन । बनेपछि कस्तो भयो भनेर अनुगमन हुँदैन । ठेकेदारको मनोमानी चल्छ’, उनले गुनासो गरे ।

पृथ्वी राजमार्गमा गाडी चलाउँदा असुरक्षित महसुस हुने गरेको अर्का सवारी चालक देव श्रेष्ठले बताए । ‘राजमार्ग भन्न पनि लाजमर्दो छ । दुर्घटनाको जोखिम बढेको छ । कसलाई गुनासो गर्ने हो रु निगरानी कस्ले गरिदिन्छ रु सडक डिभिजन सुतेर बसेको छ,ु उनले भने । भत्केको सडकमा बस गुडाउँदा चाँडै बिग्रने समस्याले मर्मतमा खर्च बढेको उनले सुनाए ।

पछिल्लो केही दिनयता पृथ्वी राजमार्गका खाल्डा पुर्न थालिएको छ । गाछेपानी-कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयकी प्रमुख लक्ष्मी केसीले बताइन् । ‘यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन । मुग्लिन(पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौँ । आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौँ,ु केसीले भनिन् ।

क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागि कार्यालयसँग बजेट उपलब्ध नभएको उनको भनाइ छ । सर्वसाधरणलाई सास्ती भएको देखेर बजेट नभए पनि दशैँ अगाडि सडकको खाल्डा पुर्ने केसीले जानकारी दिइन् ।

पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक एसियाली विकास बैंक ‘एडीबी’को सहुलियत ऋणमा चार लेनको बन्दै छ । चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ । १३ भदौमा सडक डिभिजनले मुग्लिन-कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ-पोखरा सडक योजनालाई दिएको केसीले जानकारी दिइन् ।

चार लेन सडकको आँबुखैरेनी(जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर र जामुने-पोखरा ४५ किलोमिटरको दुई प्याकेजमा ठेक्का लगाइएको हो ।

५२ वर्षअघि रेखांकन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किलोमिटर पर्छ ।यही सडक मर्मतका लागि मात्र गत आर्थिक वर्ष २०७७/०७८ मा एक करोड १७ लाख ७४ हजार ३६ रुपैयाँ खर्च भयो । अघिल्लो आव २०७६/०७७ मा पाँच करोड १८ लाख ४१ हजार १५५ रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ ।

यसरी दुई वर्षमा मात्र सडक मर्मतमा ६ करोड ३६ लाख १५ हजार १९२ रुपैयाँ खर्च भएको छ तर सडकको अवस्था भने उस्तै छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ३२ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा