२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

तनहुँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ देउरालीमा लु।७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्की छन् । उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो…