काठमाडौं । लगातार परेको वर्षाका कारण पहिरो जाँदा मकवानप्रको भीमफेदी-कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिका-६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण भीमफेदी-कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले…