काठमाडौं । मंगलबार एक्कै दिनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या १० हजार कटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको बीचमा १० हजार २५८ नयाँ संक्रमित थपिएका हुन् । यो संक्रमण अहिलेसम्मकै सबैभन्दा धेरै हो । चिकित्सकहरुले माघको तेस्रो सातासम्म संक्रमण उच्च हुने अनुमान गरेका छन् ।…