बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुटवल उपमहानगर पालिकाको प्रमुखमा मृगेन्द्र कुमार शेरचनलाई उठाउने घोषणा गरेको छ । बिहिबार बुटवलमा आयोजित पार्टीको विशालसभामा सन्चार उद्यमी समेत रहेका शेरचनलाई बुटवलको मेयरमा उठाउने घोषणा गरेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितीमा सैनामैना नगरपालिकाबाट मिन प्रसाद घिमिरे, तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाल, सिद्धार्थ नगरमा…