काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेको बताएका छन् । १४ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै सभापति देउवाले देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने र आज हामीले भोगिरहेको बताएका हुन् ।…