काठमाडौं । अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री (कालोबजारी) गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका-३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका-१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका-२ का रामशरण अधिकारी रहेका…