काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् । काठमाडौंमा उपलब्ध कोसी र मधेस प्रदेशका सांसदहरूसँग पार्टीको समसामयिक अवस्था, संसदीय गतिविधि तथा आगामी रणनीतिका विषयमा छलफल गर्न लागिएको हो । पार्टी प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सल्लाह-सुझावका आधारमा सभापति लामिछानेले छलफल कार्यक्रम तय गरेको…