६ श्रावण २०८३, बुधबार | July 22, 2026

एमालेको सचिवालय बैठक आज बस्दै, नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइने



काठमाडौं । नेकपा (एमाले) ले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले जेठ ५ गतेको बैठकमा प्रस्ताव गरेको कार्यविभाजनमाथि छलफल गरी आज टुंगो लगाउने तयारी गरिएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बैठक बिहान ११ः३० बजे अध्यक्ष ओली निवास गुण्डुमा बस्नेछ । बैठकमा अध्यक्ष ओलीले अघि सारेको जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्तावमाथि छलफल गरी आवश्यक परिमार्जनसहित अन्तिम रूप दिइने जनाइएको छ ।

पार्टीले कार्यविभाजन टुंगो लगाएपछि त्यसलाई अन्तरपार्टी निर्देशनमार्फत सम्बन्धित नेता तथा कार्यकर्तालाई पठाउने तयारी गरेको छ ।

गत मंसिर २७ र २९ गते सम्पन्न एमालेको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो । त्यसपछि फागुन २१ को निर्वाचनलाई केन्द्रित गर्दै केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी बाँडफाँट गरिएको थियो ।

यसपटकको प्रस्तावित कार्यविभाजनमा पार्टीका महत्वपूर्ण विभागहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्रस्तावअनुसार सचिव भानुभक्त ढकाललाई संगठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल विभाग, विशाल भट्टराईलाई जनसंगठन विभाग तथा डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने तयारी गरिएको छ ।

पार्टीका एक नेताका अनुसार उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभिन्न विभागको समन्वय तथा अनुगमनको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ ।

अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यलाई आगामी स्थानीय तह निर्वाचन लक्षित ‘मिसन स्थानीय चुनाव’ अभियानअन्तर्गत विशेष जिम्मेवारी दिइने तयारी गरिएको बताइएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ७ : ४० बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर