काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मिश्र र ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । ढुंगाना डेपुटी गभर्नर पदमा नियुक्त हुने पहिलो महिला हुन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा उनीहरुलाई डेपुटी गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए…