काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूलाई लक्षित गरी सार्वजनिक गरिएको अडियो र त्यसमा उठाइएका आरोपहरूलाई अस्वीकार गरेका छन्। उनले अडियो आफ्नो वा मन्त्रालयसँग कुनै सरोकार नभएको दाबी गर्दै यो प्रकरण आफूविरुद्धको योजनाबद्ध चरित्र हत्या भएको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित एक वर्षे उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै…