काठमाडौं । नेकपा९एमाले०का नेता योगेश भट्टराईले एमाले विवाद मिलाउन गठन भएको कार्यदलले आइतबार गरेको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् । नेता भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत् सहमति स्वागतयोग्य भन्दै यसको कार्यान्वयन गर्दै र एकतालाई थप सुदृढ पार्दै अघि बढ्नुपर्ने कार्यभार रहेको बताएका हुन् । ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा…