११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रतिगमनको सामना गर्न माओवादी सक्षम छ : अर्थमन्त्री शर्मा



हेटौँडा । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली राजनीतिक परिवर्तनको संवाहक माओवादीमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । मकवानपुरको हेटौँडामा भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै शर्माले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन ल्याउने माओवादी शक्तिमाथि निरन्तर प्रहार भईरहेको बताएका हुन् ।

उनले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन माओवादी आन्दोलनले सम्भव भएको भन्दै माओवादी सधैँ परिवर्तनको संवाहक भएको जिकीर गरे । त्यही परिवर्तनको संवाहकमाथि अहिले निरन्तर प्रहार भइरहेको भन्दै त्यसको सामना डटेर गर्न कार्यकर्तालाई आग्रह गरे ।

‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’, उनले भने, ‘अहिले परिवर्तनको संवाहक माओवादीलाई नढालेसम्म प्रतिक्रान्ति गर्न सकिँदैन भनेर उनीहरूले बुझेका छन् । त्यसैले निरन्तर आक्रमण गरिरहेका छन् ।’ त्यस्तो प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा मन्त्री शर्माले जोड दिए । साता दिनअघि पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति लक्षित गर्दै उनले त्यसलाई आक्रमणको निरन्तरता भएको बताए ।

‘प्रतिगमनकारीले मान्छे प्रयोग गरेर माओवादीको पानी छामेको हो त्यो’, शर्माले भने, ‘त्यस किसिमको प्रतितिगमनकारी तत्वलाई सामना र परास्त गर्न माओवादी सक्षम छ ।’

मन्त्री शर्माले इतिहास र वर्तमानलाई बुझ्ने तथा भविष्यलाई मूर्त आँकलन गरेर मात्र परिवर्तन सम्भव हुने बताउँदै यी विषयलाई आत्मसात गरे माओवादीलाई बुझ्न सकिने स्पष्ट पारे ।

वाईसीएलको हेटौँडा उपमहानगर कमिटीको सो पहिलो सम्मेलनमा सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरूलाई पार्टीका संगठन विभाग प्रमुख समेत रहेका मन्त्री शर्माले खादा ओढाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : २४ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम