बैतडी । आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका-६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस भएका थिए ।…