२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

तलेजु भवानी मन्दिर आज बिहान ५ देखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तजनले दर्शन तथा पूजाआराधना गर्न पाउने गरी खुला गरिएको हो । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार सरोकारवाला निकायसँगको छलफलपछि मन्दिर खुला…